तपश्वीको पहिचान बनाएका रामबहादुर बम्जनलाई लागिएको यौन दुराचारको आरोपमा उच्च अदालत जनकपुरले सफाइ दिएको छ। सर्लाहीकी नाबालिका अनुयायीमाथि यौन दुराचारको अभियोगमा जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति सजाय तोकेको थियो।

तर, उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टराईको इजलासले जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै बम्जनलाई सफाइ दिएको हो।
यस फैसलाले पुनः बम्जनको चर्चालाई बल दिएको छ।