शिक्षकको आन्दोलनले कक्षा १२ को परीक्षा प्रभावित हुने संकेत!

Teachers Group ले आफ्ना सबै सदस्यहरूलाई विद्यालय नखोल्न, परीक्षा सञ्चालन नगर्न, तथा copy check लगायतका कुनै पनि परीक्षा सम्बन्धी कार्यहरूमा संलग्न नहुन स्पष्ट निर्देशन दिएको छ। यसै सन्दर्भमा, कक्षा १२ को परीक्षा सञ्चालनमा पनि सहभागी नहुन भनिएको छ।
शिक्षकहरूले लामो समयदेखि उठाउँदै आएका मागहरूमा सम्बोधन नहुँदा आन्दोलन चर्किएको हो। अहिले राजधानीको मुटु मानिने माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक शिक्षकहरूको विशाल उपस्थितिले भरिएको छ। तस्वीरमा देखिएझैं, हजारौं शिक्षकहरूले एक स्वरमा आफ्नो हक र अधिकारको लागि आवाज उठाएका छन्।
शिक्षा क्षेत्रको सुधार, पेशागत सम्मान, र दीर्घकालीन समाधानका लागि शिक्षकहरू आन्दोलनमा उत्रिएको बताएका छन्। यो अवस्था लामो समयसम्म रहिरहेमा शिक्षा प्रणालीमै ठूलो असर पर्न सक्ने चिन्ता अभिभावक र विद्यार्थीहरूमा देखिन थालेको छ।
अब सरकारले गम्भीरता देखाउने बेला आएको छ।